Friday, December 31, 2010

gorkhesailo

गजल

- गोर्खेसाइँलो

मेरो दिल्को हिरा मोती आजै लुट्रयो अरे
खवर ल्यायो परेवाले अन्तै जुट्यो अरे ।

साँचे को थेँ मुटुभित्र सत्र पोका परी
फुकाएर चारी लाँदा सबै छुट्यो अरे ।

कस्तो रैछ दूरभाग्य निरासको ऐना
सपनीमा सजाएको हिजै फुट्यो अरे ।

मझेरीको पर्दा फाटी धुजा धुजा बन्दै
चट्ट फुर्को उड्दै जाँदा उतै खुट्यो अरे ।

ह्दयको रेखा भित्र बाँध्न खोज्दा खोज्दै
प्रेमका वाचा-बन्धन आफैँ टुट्यो अरे ।
गजलकुटेरी विशालमार्ग नारायणगढ ।